बिहे मनाउन मुस्ताङमा साेमबार सार्वजनिक बिदा

मुस्ताङ | असार १७, २०८०

बिहे मनाउन मुस्ताङमा साेमबार सार्वजनिक बिदा

मुस्ताङ:  मुस्ताङको लोमन्थाङ गाउँपालिकाले बिहे मनाउन सार्वजनिक बिदा दिएको छ ।
 

मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाहको अवसरमा असार १८ गते भोलि (सोमबार) सार्वजनिक बिदा दिएको हो ।
 

मुस्ताङी राजाको जेठो छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष  टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्